जोडिनुहोस
  • होमपेज
  • मेक्सिकाेमा गर्मी बढेसँगै बाँदरमा ‘हिट स्ट्रोक’, १५७ को मृत्यु

मेक्सिकाेमा गर्मी बढेसँगै बाँदरमा ‘हिट स्ट्रोक’, १५७ को मृत्यु

मेक्सिको सिटी । अत्यधिक गर्मीका कारण दक्षिण मेक्सिकोका केही राज्यमा हाउलर बाँदरको मृत्यु भएको छ । गर्मीका कारण मेक्सिकोको चियापास, तबास्को, क्याम्पेचे र भेराक्रुजमा बाँदरको मृत्यु भएको मेक्सिकोको वातावरण विभागले जनाएको छ ।

हिट स्ट्रोकका कारण ती बाँदरको मृत्यु भएको विभागले जनाएको छ । बाँदर रहने स्थानमा भएको खडेरीले खोला र झरना सुक्दै जानु पनि बाँदरको मृत्युको कारणमध्ये एक मान्न सकिने जनाइएको छ ।

विभागले पछिल्लो तथ्यांक नदिए पनि यसअघि मे महिनाको सुरूदेखि १५७ बाँदर मरेको जनाइएको थियो । बाँदरको मृत्युबारे दुई साताअघि तोबास्कोमा वन्यजन्तुसम्बन्धी बायोलोजिस्ट तथा भेटनरियनले पहिलोपटक रिपोर्ट गरेका थिए । एपी

धेरै टिप्पणी गरिएका