जोडिनुहोस
  • होमपेज
  • विदेशबाट आउनेलाई मोबाइल फोन ल्याउन नदिन व्यवसायीको माग

विदेशबाट आउनेलाई मोबाइल फोन ल्याउन नदिन व्यवसायीको माग

काठमाडौं- नेपाल मोबाइल व्यवसायी महासंघले भन्सार छलीबाट आउने मोवाइलमा प्रतिबन्ध लगाउनुपर्ने जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले भन्सार छलीबाट मोबाइल फोन भित्रिँदा राज्यलाई अर्बौँ रुपैया राजस्व नोक्सानी भइरहेको जनाएको छ । यसले व्यवसायीहरूलाई पनि असर परिरहेको भन्दै भन्सार छलीबाट आउने मोबाइलमा प्रतिबन्ध लगाउनुपर्ने महासंघले जनाएको हो ।

महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले वार्षिक एक अर्ब ८० करोड रुपैयाँ बराबरको मोबाइल सेट विदेश भ्रमणमा जाँदा र आफन्तहरूले विदेशबाट पठाएर आइरहेको बताए । त्यस्तै, खुल्ला सीमानबाट राजश्व छली गरेर प्रतिमहिना पाँच हजार पाँच सयका दरले मोबाइल सेट आइरहेको महासंघको तथ्याङ्क छ । राज्यले भन्सार छलीबाट आउने यस्ता प्रकारका मोबाइल सेटहरुमा प्रतिबन्ध लगाउनुपर्ने उनले माग गरे । त्यस्तै उनले यस किसिमका कारोबारको अन्त्य गर्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।

महासंघले जेठ २५ गते दोस्रो महाधिवेशन तथा तेस्रो साधारण सभा आयोजना गरिएको जानकारी गराएको छ ।महाधिवेशनले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७, महासचिव, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी १४ जना पदाधिकारी र वरिष्ठ सदस्य एक जना र ३४ जना केन्द्रीय सदस्य चयन गर्ने छ ।

धेरै टिप्पणी गरिएका