
क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन फेरि अस्वीकार गरेको छ । बिहीबार काठमाडौंस्थित अमेरिकी दूतावासमा सन्दीप भिसाका लागि अन्तर्वार्ता दिन गएका थिए । तर, उनलाई दूतावासले भिसा दिएन ।
भिसा नपाएसँगै अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप क्रिकेटमा उनी समावेश नहुने पक्का भएको छ । यसअघि पनि उनले भिसा पाएका थिएनन् । त्यसपछि भिसाका लागि परराष्ट्र मन्त्रालयले नै पहल गरेको थियो । तर पनि उनलाई भिसा दिइएन ।
सन्दीपलाई नेपाली टिममा सहभागी गराउनकै लागि नेपाल क्रिकेट संघ (क्यान) ले हालसम्म विश्वकप खेल्ने १५ सदस्यीय टिमको नाम सार्वजनिक गरेको छैन ।