जोडिनुहोस
  • होमपेज
  • सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला

सरकार सर्वसत्तावादको बाटोमा लाग्यो : डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी छन् ।

कांग्रेस बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले सरकार सर्वसत्तावादको बाटोमा लागेको आरोप लगाएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य संग्रौलाले अहिले संघीयता बलियो बनाउने र नबनाउनेका बीच संघर्ष देखिएको पनि बताइन् ।

‘आजको लडाइ संघीयतालाई बलियो बनाउने कि नबनाउने भन्ने बीच छ । बलियो बनाउने पक्षमा कांग्रेस उभिएको छ । अन्य दललाई पनि हामीले सहकार्य गरेका छौँं,’ उनले भने, ‘नबनाउने पक्षमा सर्वसत्तावादको बाटोमा विधि, ऐन र कानुन मिच्ने बाटोमा अहिलेको सरकार लागेको छ ।’

संग्रौलाले मुलुकमा समृद्धि र विकास दिने संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकसित र संस्थागत गर्दै लैजाने पद्धतिमा कांग्रेस उभिएको बताइन् । उनले कांग्रेसले निर्वाचन जितेका स्थानीय तहमा जनताका सवाल र जनजिविकालाई जोड्नु पर्नेमा जोड दिइन् ।

‘हामी प्रदेश र संघमा प्रतिपक्षमा छौँ । जहाँ स्थानीय तहमा जित्नुभएको छ त्यहाँ जनताका सवाल जनजिविकालाई जोड्नै पर्छ,’ संग्रौलाले भनिन्, ‘त्यो अबको आवश्यकता हो ।’

धेरै टिप्पणी गरिएका