जोडिनुहोस
  • होमपेज
  • क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रूपमा गोप्य राखिएको थियो

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औं खेलाडीको रूपमा गोप्य राखिएको थियो

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आईसीसी टी-२० विश्वकपको टोलीमा १५औं खेलाडीका रूपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आईसीसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औं खेलाडीको रूपमा राखिएको स्पष्ट गरेका छन् ।

अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई नाम पठाइएको बताउँदै आइसीसीको पत्र समेत सार्वजनिक गरेका छन् ।

उनले आइसीसीले नेपाललाई विशेष सुविधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउँमा अन्य खेलाडीलाई राख्ने सुविधा दिएको उल्लेख गरेका छन् । साथै उनले नेपाली टोली अमेरिका जाने समयसम्म क्रिकेटर लामिछानेको अदालतमा बलात्कार मुद्दा विचाराधीन रहेको र उनले सफाइ पाइसकेका नसकेको बताउँदै आईसीसीले विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको बताएका छन् ।

क्यानले सतर्कता साथ गोप्य राख्नुपर्ने विषयलाई कमजोरीका रूपमा व्याख्या नगर्न समेत उनले आग्रह गरेका छन् ।

धेरै टिप्पणी गरिएका