जोडिनुहोस

देश

५ जना मृतावस्थामा फेला

  • Sagarmatha TV
  • शुक्रबार, जेष्ठ १८, २०८१
५ जना मृतावस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार दाङको घोराही उपमहानगरपालिका-८ बेलुवा बस्ने ५० वर्षीया प्यारी चौधरी आफ्नै घरभित्र मृतावस्थामा फेला परेकी छिन् ।
बाँकेको नेपालगंज उपमहानगरपालिका-४ स्थित पञ्चकन्या होटलमा पनि कैलालीको टिकापुर नगरपालिका-१ का ५७ वर्षीय मिनराज गिरी मृतावस्थामा फेला परेका छन् ।

यसैगरी सिरहाको लहान नगरपालिका-३ कटहा मुसहरीस्थित आँपको बगैंचामा भगवानपुर गाउँपालिका-३ ईनर्वा बस्ने २६ वर्षीय जितेन्द्र खत्वे मण्डल पनि मृतावस्थामा फेला परेका छन् । यसैगरी कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित नेपाल भारत सिमाना नजिकै छाप्रोमा अन्दाजी ५५ वर्षीय पुरूष र बुद्धभूमी नगरपालिका-१ कपासे कडेलटोलस्थित बाटोमा अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् भने

रूपन्देहीको तिलोत्तमा नगरपालिका-१ शिव चोकस्थित प्रतिक्षालयमा अन्दाजी ६५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?