
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह थप उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्ली गएका हुन् ।
वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । नेता सिंह यसअघि वैशाख १२ गते दिल्ली गएका थिए । उपचारका क्रममा प्रोस्टेट पुष्टि भएपछि अप्रेसनका लागि सिंह शुक्रबार दिल्ली उठेका छन् । नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार सिंह शनिबार अस्पताल भर्ना हुने र २१ गते अप्रेसन हुनेछ ।