जोडिनुहोस
  • होमपेज
  • धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल हुने

धनकुटामा सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल हुने

धनकुटा : सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आगामी आइतबारदेखि कोशी प्रदेशस्तरिय अन्तरपालिका महिला फुटबल प्रतियोगिता हुने भएको छ। शुक्रबार आयोजित पत्रकार भेलामा यही जेठ २० देखि २४ गतेसम्म रामकृष्ण स्मृति महिला फुटबलको तेस्रो संस्करण सुरु हुने जानकारी दिइएको हो। प्रतियोगितामा कोशी प्रदेशका सात वटा स्थानीय तहको सहभागिता हुने आयोजकले जनाएको छ।

२०७६ मा पहिलोपटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता गरिएको र २०७९ सालमा जिल्लास्तरिय प्रतियोगितामा सीमित भएको र यो पटक पुन प्रदेशस्तरीय हुन लागेको प्रतिष्ठानका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्। प्रत्येक खेलमा ओमेन अफ द म्याच र विधागत पुरस्कारमा समेत नगद पुरस्कार दिइने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि ८ लाख रुपैयाँ ५० हजार खर्च हुने आयोजकको अनुमान रहेको छ।

प्रतियोगितामा कोशी प्रदेशका ७ टिमको सहभागिता रहने आयोजकले जनाएको छ। झापाको कन्काई नगरपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिका तथा धनकुटाको धनकुटा नगरपालिका, सहिदभुमि गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र पाख्रिवास नगरपालिकाको सहभागिता हुने भएका छन्।

धनकुटा नगरपालिका वडा नं. ७ निवासी रामकृष्ण श्रेष्ठको २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्रमाथि बम प्रहारको घटनामा निधन भएको थियो। श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालीन सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका