जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल

आज २०८१ साल जेठ १९ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः लगानीको उचित मूल्यांकन हुनेछ। बोल्नु अगाडि धेरै मानिसको हितलाई हेरेर बोल्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुने दिन छ। व्यापारमा फाइदा हुनेछ।

वृषः लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः खर्च बढ्ने समय छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। सामाजिक र पारिवारिक क्षेत्रबाट सहयोग मिल्नेछ। व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ।

कर्कटः शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने दिन छ। राजनीतिमा संकट देखिन सक्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको सहयोग प्राप्त होला।

सिंहः यात्रामा सचेत हुनुपर्ने दिन छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता प्राप्त हुनेछ। ठुलो काम गर्नुपर्ने भए परिवारमा छलफल गर्नु राम्रो हुनेछ। व्यापारमा लाभ प्राप्त होला। सम्मान प्राप्त हुने योग छ।

कन्याः समय राम्रो छ। पारिवारिक भेट रमाइलो हुनेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। साथीबाट सकारात्मक साथ मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुलाः साथीले प्रशंसा गर्ने योग छ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। समाजसेवाको अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह थपिने छ।

वृश्चिकः सोचेको काम बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

धनुः संघर्षमय दिन छ। कुरा काट्ने सक्रिय छन्। व्यवहार गर्दा सचेत हुनुपर्ने छ। पेट सम्बन्धी समस्याले सताउने देखिन्छ। कुनै अंश दान गर्नु तपाईंको लागि फाइदाजनक हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मकरः समय तपाईं अनुकुल रहनेछ। गुम्न लागेको धन हात लाग्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य लाभ प्राप्त हुनेछ। परिवाारसँगको सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भः धार्मिक कार्यमा सहभागी हुनु राम्रो हुनेछ। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारसँगको भेट रमाइलो होला।

मीनः दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। आफ्नो इच्छा बमोजिमका क्षेत्रमा लगानी गरे फाइदा हुनेछ। लगानीको क्षेत्रमा उत्साह मिल्नेछ।। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धेरै टिप्पणी गरिएका