जोडिनुहोस
  • होमपेज
  • चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण

चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण

काठमाडौं– चीनको मानवरहित चाङ इ–६ अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा सफल अवतरण गरेको छ ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले उक्त यान बेइजिङ समयअनुसार आइतबार बिहान ६ बजेर २३ मिनेटमा दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको जनाएको छ । योसँगै चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र बनेको छ ।

यो एक अप्रत्याशित ठाउँ हो जहाँ कोही पनि जान प्रयास गरेका थिएनन् । मे ३ मा सुरु भएको यो अभियानले इतिहासमा पहिलो पटक यस क्षेत्रबाट बहुमूल्य चट्टान र माटो सङ्कलन गर्ने लक्ष्य राखेको छ। यसअघि सन् २०१९ मा चीनले आफ्नो चाङ्इ–४ यान चन्द्रमामा अवतरण गराएको थियो ।

धेरै टिप्पणी गरिएका