देश
आउँदो नोभेम्बरमा काठमाडौंले ‘वुमन अफ द वर्ल्ड’ फेस्टिभल आयोजना गर्नेछ : उपप्रमुख डंगोल
0 टिप्पणी
काठमाडौं– वेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’मा सहभागी भएर काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छन् ।
स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले , आउँदो नोभेम्बर महिनामा काठमाडौंले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताएकी हुन् ।
ब्रिटिस काउन्सिलको निमन्त्रणामा उनी फेस्टिभलमा सहभागी हुन गएकी थिइन् ।