जोडिनुहोस
  • होमपेज
  • महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

महाधिवेशनपछि एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्छ : घनश्याम भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दशौँ महाधिवेशनपछि आफूहरूको पार्टी नेपाली कम्युनिस्ट आन्दोलनको मूल केन्द्र बन्ने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले समाज र क्रान्तिको अन्योललाई पनि सम्बोधन गर्ने बताए ।

‘समाज र कान्तिको अन्योलतालाई पनि पार्टीको महाधिवेशननले सम्बोधन गर्छ’, उनले भने, ‘समय लेखेर राख्नुहोला समाजवाद कसरी आउँछ भन्ने प्रष्ट हुन्छ । मूलभूत रुपमा हाम्रो पार्टी महाधिवेशनपछि कम्युनिस्ट र वैचारिकक आन्दोलनको मूल केन्द्र बन्छ ।’

उनले महाधिवेशनले पार्टीको आन्तरिक लोकतान्त्रलाई पनि बलियो बनाउने बताएका छन् । ‘हाम्रो पार्टीमा अब भ्रष्टहरू जन्मिँदैनन् । रोजगारी र सुशासन हाम्रो मूल मुद्दा हुनेछ’, उनले भनेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका