जोडिनुहोस
  • होमपेज
  • तुलसीपुरमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

तुलसीपुरमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

दाङको तुलसीपुरमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ।

शनिबार बेलुका हावाहुरीसहित आएको पानीले घर भत्किँदा तुलसीपुर उपमहानगरपालिका – १२ रझेनाका ७० वर्षीय भगवान खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले जानकारी दिए।

हावाहुरीसहित आएको पानीले सवा ८ बजेतिर काचो इँट्टाले बनेको खत्रीको दुई कोठे घरको एक छेउ भत्किएको थियो। त्यसैमा च्यापिएर उनको मृत्यु भएको डिएसपी पोख्रेलले जानकारी दिए।

घरमा वृद्ध दम्पती मात्रै थिए। खत्रीका श्रीमती भने सकुशल रहेको प्रहरीले बताएको छ । त्यस्तै तुलसीपुरकै अर्का एक युवकको पर्यटकीय स्थल पुरन्धरामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका – बनहरीका ३० वर्षीय दीपक न्यौपानेको शनिबार बेलुकी साढे ४ बजेतिर बबई गाउँपालिका – ५ स्थित पुरन्धरा छहरामा नुहाउने क्रममा डुबेर मृत्यु भएको डिएसपी पोखरेलले जानकारी दिए।

पुरन्धरा छहरामा दस जना साथीहरूसँग दीपक नुहाउन गएका थिए । नुहाउने क्रममा उनको छहरामा मृत्यु भएपछि शव पोष्टमर्टमका लागि बेलुका नै तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको डिएसपी पोखरेलले जानकारी दिए।त्यस्तै तुलसीपुर – १८ मा टिप्परले बिद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ।

शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले बिद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो। त्यो ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर – १७ मानपुरका तीन बालक घाइते भएका थिए ।

त्यसमध्य लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १०:५० बजे मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ। अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका