जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने

कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरिने

विराटनगर– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।

कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सोमबार अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्ने छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका