जोडिनुहोस
  • होमपेज
  • प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्दैन- माधव नेपाल

प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्दैन- माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएका छन्।

आइतबार काठमाडौंमा पार्टीको महाधिवेशन तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन्। उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए।

‘हामी एउटा महत्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ। सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन्,’ उनले भने, ‘हामी पनि पाउँछौँ। अन्यथा रुपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन।’ उनले भेटपछि असमझदारी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको बताए।

‘मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर प्रधानमन्त्रीलाई फोन पनि गरेँ। उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला। कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ,’ उनले भने।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका