जोडिनुहोस
  • होमपेज
  • १३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार

१३ अंकले बढ्यो शेयर बजार, ४ अर्ब माथिको कारोबार

काठमाडौं– साताको पहिलो कारोबारको दिन आइतबार आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ६५ प्रतिशतले बढेर २ हजार ८३ को बिन्दुमा पुगेको हो ।

आजको कारोबारमा १७४ कम्पनीको शेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको शेयर मूल्य भने घट्न पुगेको छ । आज नेप्सेमा ३२५ कम्पनीको ६५ हजार ६ सय ५४ कारोबारबाट ९६ लाख ९७ हजार कित्ता शेयर किनबेच भएको छ । त्यस्तै आज ४ अर्ब ३१ करोड १० लाख १५ हजार रकम बराबरको कारोबार भयो ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ६४ लाख, पोखरा फाइनान्सको १८ करोड ७० लाख र फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आजको बजारमा सबैभन्दा धेरै मल्टिपर्पस फाइनान्स र मकर जितुमाया हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाए ।

धेरै टिप्पणी गरिएका