जोडिनुहोस
  • होमपेज
  • सहकारीको बचत फिर्ताको विषयमा बजेटमा अस्पष्टता छ : बाँस्कोटा

सहकारीको बचत फिर्ताको विषयमा बजेटमा अस्पष्टता छ : बाँस्कोटा

काठमाडौं । नेकपा (एमाले)का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने भनेको विषय नै अस्पष्ट रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने विषय नीतिगत रूपमा नै स्पष्ट हुनुपर्नेमा जोड दिए ।

“सहकारीमा पाँच लाखसम्म राख्नेको सन्दर्भमा, यो संकटग्रस्त ३२६ वटा छन् नि, पैसाचाहिँ कहाँबाट दिने ? सरकारले दिने कि बैंकिङ सेक्टरले दिने कि ? धितो जमानी उनीहरूको सगोलबाट, परिवारबाट वा कसरी हामी उठाएर त्यो व्यवस्थापन गर्छौँ ?,” बाँस्कोटाले प्रश्न गरे, “यसमा अस्पष्टता छ । स्पष्ट पारेर जानु नै राम्रो हुन्छ ।

नीतिगत रूपमा स्पष्टता पनि चाहिन्छ, ताकि मानिसहरू आशावादी बन्न सकून् ।”  आउँदो आर्थिक वर्षको बजेटमा ‘बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका निम्ति समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यका नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा पाँच लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने’ उल्लेख छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका