जोडिनुहोस
  • होमपेज
  • गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग

गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले नारायणहिटी संग्रहालयभित्र रहेको गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उनले नेपाल सरकारले सो स्मारक खुलाउन नसक्ने हो भने त्यसको जिम्मा काठमाडौं महानगरपालिकालाई दिन सुझाव समेत दिए ।

“नारायणहिटी दरबारभित्र रहेको गणतन्त्र स्तम्भ पाँच वर्ष भइसक्यो बनेको । वर्षाैंदेखि ताला लगाइ राखिएको छ । त्यो पार्कमा जनतालाई घुम्न, अध्ययन गर्न, विद्यार्थी भाइबहिनीहरूका लागि त्यहाँ घुम्नका लागि वरिपरि विद्यालयहरू भएको हुनाले त्यसको सुचारु जनताका लागि गर्न म सरकारसँग माग गर्न चाहन्छु । यदि त्यो काम नेपाल सरकारले गर्न सक्दैन भने काठमाडौं महानगरपालिकालाई जिम्मा दिइयोस् भन्ने म अनुरोध गर्दछु,” उनले भने ।

सांसद सिंहले गणतन्त्र स्मारक अध्येताहरूका लागि अनुसन्धान गर्ने विषय पनि भएको हुनाले त्यसलाई खुला गर्ने कुरामा सरकारले ढिलाइ गर्न नहुने बताए ।

धेरै टिप्पणी गरिएका