
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।
बालुवाटार निवासमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् । आजै बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।
भेटवार्ताका क्रममा मधेशमा नयाँ सरकार गठनबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई जनमत नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए । माधव नेपालले पार्टीमा छलफल गरेर मात्रै थप निर्णय गर्ने जवाफ दिएका छन् ।