जोडिनुहोस
  • होमपेज
  • हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

हिमाल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र ज्ञानेश्वरस्थित हिमाल हस्पिटलबी सम्झौता भएको छ । प्रभु बैंकका ग्राहक र कर्मचारीहरुलाई विशेष छुट दिने यो सम्झौता भएको हो ।

एक समारोहकाबिच हिमाल हस्पिटलका व्यवस्थापकीय निर्देशक नविन ताम्ली र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवा लिँदा छुट पाउनेछन् ।

अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २० प्रतिशत तथा शल्यक्रिया शुल्कमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका