जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले जनसरोकारका विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद डिल्लीराज पन्तले एक सय ५० जनालाई राख्न मिल्ने कैलाली जिल्ला कारागारमा हाल पाँच सय कैदी राखिएको बताए। उनले आगामी आर्थिक वर्षको बजेटमा उक्त कारागार सुधारका लागि बजेट व्यवस्थापन नगरिएको भन्दै उक्त कारागार सुधारका निम्ति सरकारको ध्यानाकर्षण गराए।

सांसद तारा लामातामाङले कञ्चनपुरका करिब चार सय ४७ जना उखु किसानको अनुदान रकम छुट भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। अर्का सांसद तेजुलाल चौधरीले गए राति सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं ४ सुरुङ्गा नगरपालिका–३ स्थित मौलिया भन्ने गाउँमा निश्चल चौधरीको घरमा लुटपाट भएको तथा त्यहाँ २० लाख बराबरको धनमाल लुटिएको जानकारी दिँदै आपराधिक गतिविधि नियन्त्रणका निम्ति सरकारको ध्यानाकर्षण गराए ।

धेरै टिप्पणी गरिएका