जोडिनुहोस
  • होमपेज
  • संसदमा धनराज गुरुङको प्रस्ताव- चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ

संसदमा धनराज गुरुङको प्रस्ताव- चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै उपसभापति गुरुङले पर्यटन प्रवर्द्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् । उनले नवविवाहित जोडी घुम्न जाने शहरका रूपमा हनिमुन सिटी बनाउनुपर्ने बताए ।

रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ । उपसभापति गुरुङले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँका रूपमा विकास गर्नुपर्ने बताए । यसो गरेमा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सांसद गुरुङको भनाइ छ । उनले आगामी दिनमा डाँडामा भ्युटावर बनाउन नहुने पनि बताए ।

उपसभापति गुरुङले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्न सके वार्षिक २ खर्ब राजस्व उठ्ने बताए । त्यस्तै, घरेलु मदिराको ब्रान्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब र गैरकानुनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।

धेरै टिप्पणी गरिएका