जोडिनुहोस
  • होमपेज
  • घट्यो पासपोर्ट आयात, १ अर्ब ७४ करोड बाहिरियो

घट्यो पासपोर्ट आयात, १ अर्ब ७४ करोड बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनाको अवधिमा पासपोर्टको आयात घटेको छ । तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा पासपोर्ट आयात खुम्चिएको हो ।

गत आर्थिक वर्षको १० महिनाको अवधिमा १ अर्ब ७९ करोड ८८ लाख रुपैयाँको पासपोर्ट भित्रिएको थियो । जुन चालू वर्षको १० महिनाको अवधिमा १ अर्ब ७४ करोड रुपैयाँमा सीमित बनेको हो । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि वैशाखसम्मको अवधिमा डेढ अर्ब रुपैयाँभन्दा बढीको पासपोर्ट आयात भएको हो । यो गत वर्षको तुलनामा ५ करोड रुपैयाँले न्यून आयात हो ।

यस अवधिमा विदेशबाट ५६ हजार वटा पासपोर्ट आयात भएको छ । गत वर्षको सोही अवधिमा ६२ हजार ८४५ वटा पासपोर्ट आयात भएको तथ्याङ्कमा छ । नेपालमा आउने सबै पासपोर्ट फ्रान्सबाट आयात भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका