जोडिनुहोस
  • होमपेज
  • कोसी सरकार सबैखाले विभेद अन्त्य गर्न तयार छ : मुख्यमन्त्री कार्की

कोसी सरकार सबैखाले विभेद अन्त्य गर्न तयार छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार सबैखाले जातीय विभेद तथा छुवाछुत अन्त्य गर्न तयार रहेको जनाएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोसी प्रदेश सरकार सबै खालका विभेद अन्त्य गर्न क्रियाशिल रहेको जनाएका हुन् ।

सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै खालका विभेदहरू अन्त हुँदै जाने बताउँदै उनले जातीय विभेद हटाउन तीनै तहका सरकार र नागरिक समाज लाग्नुपर्ने जनाए । वर्गीय, जातीय, क्षेत्रीय, लैगिंक विभेद अन्त्य गरी समृद्ध, न्यायपूर्ण समाज र समाजवादउन्मुख राज्यको संकल्प संविधानले नै गरेकाले यस परिपेक्षमा सबैले मिलेर हातेमालो गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । २०६३ साल जेठ २१ गते नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएपछि जातीय विभेद तथा छुवाछुत उल्मुलन दिवस मनाउन थालिएको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका