जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • एकीकृत समाजवादीबाट फर्किएका श्रीधर पोखरेल एमाले मकवानपुर अध्यक्षमा निर्वाचित

एकीकृत समाजवादीबाट फर्किएका श्रीधर पोखरेल एमाले मकवानपुर अध्यक्षमा निर्वाचित

हेटौंडा । नेकपा एमाले मकवानपुरको अध्यक्षमा श्रीधर पाेखरेल विजयी भएका छन् । एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनको पदाधिकारीको मतगणना सम्पन्न हुँदा अध्यक्षमा पोखरेल ३१३ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवारहरु इन्द्रमान स्याङ्तानले २६२ मत र लाल बहादुर थापाले १६६ मत प्राप्त गरे ।

एमाले छाडेर समाजवादी जिल्ला अध्यक्ष भएका पोखरेल गत स्थानीय तहको निर्वाचनमा एमाले फर्किएका हुन् ।उपाध्यक्षमा हिदम लामा विजयी भए । लामाले ४७६ मत प्राप्त गर्दा प्रत्यासी सुनिल मोक्तानले १९७ मत प्राप्त गरे । लामा भिमफेदी गाउँपालिकाका अध्यक्ष समेत हुन् ।

जिल्ला सचिवमा सीता विष्ट विजयी भइन् । विष्टले २९७ मत प्राप्त गर्दा मदन दाहालले २५५ मत प्राप्त गरे ।उपसचिव खुल्लामा फुर्वादोर्जे लामा विजयी भए । लामाले २४१ मत प्राप्त गर्दा दिपक खड्काले १६७ मत प्राप्त गरे ।उपसचिव महिलामा आरती पाठक विजयी भइन् । पाठकले २४१मत प्राप्त गरिन् । पार्वती रानाले १७२ मत ल्याइन् । अब आजै जिल्ला सदस्यहरुको पनि मत गणना गरिने एमाले मकवानपुरले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका