जोडिनुहोस
  • होमपेज
  • गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो माग

गोदावरीका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो माग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।

सोमबार अख्तियारले विशेष अदालतमा ५ थान मुद्दा दायर गरेको हो । फरक–फरक शीर्षकमा मुद्दा दर्ताका लागि अख्तियारले सोमबार फाइल पेस गरेको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले बताए ।

नदिजन्य पदार्थको ढुङ्गा, गिटी बालुवासहितका सामाग्रीहरू सरकारी दररेट कम कायम गरी ठेक्का दिएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा दाबी गरिएको छ । अख्तियारले पेस गरेको अभियोगमा कुल एक अर्बभन्दा बढी बिगो माग दाबी गरिएको छ । राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ । अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर महर्जन निलम्बन हुने छन् ।

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी उनीहरूविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका