जोडिनुहोस
  • होमपेज
  • भारतीय लोकसभा : एनडीए २८४ र इन्डिया गठबन्धन २२२ स्थानमा अगाडि

भारतीय लोकसभा : एनडीए २८४ र इन्डिया गठबन्धन २२२ स्थानमा अगाडि

काठमाडौं– भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । नेपाली समयअनुसार आज बिहान सवा ८ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) को एनडीए गठबन्धन धेरै अगाडि रहेको छ ।

यो समाचार तयार पार्दासम्म ५३२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धन २८४ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२२ सिटमा अगाडी देखिएका छन् । यस्तै, २६ स्थानमा अन्य दल अगाडि छन् ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको थिए । एक सिटमा भने यसअघि नै एनडीएका उम्मेदवार निर्विरोध भएका थिए । लोकसभा निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो ।

विभिन्न एक्जिट पोलहरूले भारतीय जनता पार्टी नेतृत्वको तेस्रो पटक चुनाव जित्ने प्रक्षेपण गरेका छन् ।एनडिए गठबन्धनले ३५० भन्दामाथि तथा कांग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३० सिट सिट जित्ने प्रक्षेपण छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका