जोडिनुहोस
  • होमपेज
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ घर भएका तिलक बहादुर थापा मगर छन् ।

५० वर्षीय थापा मगरलाई बानेश्वरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए । विमला शाहीको जाहेरीले ७ लाख बिगो मागदावी लिइएको बैंकिङ्ग कसुर मुद्दामा थापा मगर फरार थिए । उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । उनी काठमाडौँको तिलगंगामा बस्दै आएका थिए ।

धेरै टिप्पणी गरिएका