जोडिनुहोस
  • होमपेज
  • एमसिसीका अधिकारीहरु नेपालमा

एमसिसीका अधिकारीहरु नेपालमा

काठमाडौं – मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसीका) अधिकारीहरु नेपाल भ्रमणमा आउनु भएको छ । अमेरिकी दूतावासले आफ्नो फेसबुक पेज मार्फत एमसिसीका अधिकारीहरु नेपाल आउनु भएको जनाएको हो ।

विज्ञप्ती अनुसार युरोप, एशिया, प्यासिफिक र ल्याटिन अमेरिका डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकालागि सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स र युरोप, एशिया, प्यासिफिक र ल्याटिन अमेरिका, डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकालागि प्रबन्ध निर्देशक क्यारोलिन टी. गुयेनलाई नेपाल आउनु भएको हो ।

यस्तो छ दूतावासले जारी गरेको विज्ञप्ती ।

एमसिसीका युरोप, एशिया, प्यासिफिक र ल्याटिन अमेरिका डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकालागि सहायक उपाध्यक्ष (DVP) जोनाथन ब्रुक्स र युरोप, एशिया, प्यासिफिक र ल्याटिन अमेरिका, डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकालागि प्रबन्ध निर्देशक (MD) क्यारोलिन टी. गुयेनलाई नेपाल मा स्वागत छ।
यस हप्ता, DVP ब्रुक्स र MD क्यारोलिन Millennium Challenge Account Nepal र अन्य सरकारी नेतृत्वहरूसंग भेट्न र Millennium Challenge Corporation – MCC नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएका प्रगतिलाई समर्थन गर्न नेपाल भ्रमण गर्नु भएको हो।
उहाँहरूको भ्रमण अमेरिका र नेपालबीचको ७७ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने हाम्रो निरन्तर प्रतिबद्धताको प्रमाण हो।
Welcome to Nepal, Jonathan Brooks, Millennium Challenge Corporation – MCC’s Deputy Vice President for Europe, Asia, Pacific, and Latin America, Department of Compact Operations, and Caroline T. Nguyen, Managing Director for Europe, Asia, Pacific, and Latin America, Department of Compact Operations. This week, DVP Brooks and MD Caroline are visiting Nepal to meet with MCA-Nepal and other government leaders to support the progress on implementing the MCC Nepal Compact. Their visit is a testament to our continued commitment to strengthening the 77-year-long bilateral relationship between the United States and Nepal.

 

धेरै टिप्पणी गरिएका