जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्षको धन्दाः हाइड्रो पावरसँग मिलेर कार्यकर्तालाई जेल हाल्ने

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अध्यक्षको धन्दाः हाइड्रो पावरसँग मिलेर कार्यकर्तालाई जेल हाल्ने

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्थानिय ब्यापारी तथा हाइड्रो पावरसँग मिलेर आफ्ना कार्यकर्तालाई कुटपिट गर्ने, धम्की दिने तथा प्रहरी हिरासत सम्म पुर्याउने गरेको तथ्य खुलेको छ ।

स्थानियबासीका अनुसार स्थानिय तहको निर्वाचनमा चुनिएपछि शेर्पा व्यक्तिगत स्वार्थमा परि कार्याकर्तामाथि दमन सुरु गरेको तथ्य खुलेको हो । गत चुनावमा कांग्रेसको टिकट पाएर चुनाव जितेपछि उनीबाट सवैभन्दा प्रताडित पनि तिनै कांग्रेस कार्यकर्ता भएका छन जसले उनलाइ दिनरात नभनी मत मागेका थिए ।

केही समय पहिलासम्म आफनै कार्यकर्तालाइ धम्क्याउदै आएका शेर्पाको घमण्डको पारा अहिले यति बढेको छ कि उनले सोमवार त आफनै कार्यकर्तालाइ प्रहरीको चिसो छिडीमा पुरयाइदिएका छन ।

सिन्धुपाल्चोकमा वनिरहेको इलेक्ट्रो पावर कम्पनी लिमिटेड भन्ने हाइड्रो पावरका सञ्चालक मध्येका एक हुन स्थानीय थुम्पाखरका मोहन कार्की । ४० मेगावाटको यो परियोजना भोटेकोशी गाउपालिकाको चाकु र हिन्दी भन्ने गाउको विचमा रहेको छ । यो परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको परियोजनाले दावी गरेको छ । यस परियोजनाको सञ्चालक कार्की र गाउपालिका प्रमुख नुर्पु शेर्पाको सम्वन्ध यतिवेला जनप्रतिनिधि र स्थानीय ब्यापारीको रुपमा छैन । कार्कीले नुर्पुलाइ जनप्रतिनिधिबाट आफनो खल्तीको प्रतिनिधि वनाएका छन ।

सोमवार लामो समय देखि सिन्धुपाल्चोकमा वनिरहेको हाइड्रो पावरले स्थानीय जनताको लागि सहमति अनुसार, वाटो,पुल,रोजगारी र वृक्षारोपण केही पनि नगरेपछि स्थानीय जनता हाइड्रो पावरको कार्यालयमा आपनो माग लिएर गएका थिए । तर,गाउपालिकाका प्रमुखलाइ नै खल्तीमा वोकेर हिडेका हाइड्रो पावरका सञ्चालकले स्थानीय जनता र कांग्रेस कार्यकर्ता पटक्कै टेरेनन । वरु उल्टै माग लिएर गएका स्थानीय माथि वल प्रयोग गराए । यहि क्रममा हाइड्रो पावरको कार्यालय सामान्य क्षति पनि भएको छ । यसपछि एक दर्जन जति स्थानीयलाइ नजिकको प्रहरी कार्यालयमा समातेर राखेपछि साँझपख छाडिएको छ ।

तर,माग लिएर जाने मध्येका थुर्पा शेर्पालाइ भने पक्राउ गरेर यतिवेला वाह्रविसे इलाका प्रहरी कार्यालयमा राखिएको छ । सहमति अनुसार, हाइड्रो पावर कम्पनीले स्थानीय स्तर सडक निर्माण,स्थानीयलाइ रोजगारी, काटिएका रुखको बदलामा वृक्षारोपण आदि काम गर्नुपर्छ तर चालिस प्रतिशत काम सम्पन्न भइसक्दा पनि कम्पनीले स्थानीयको लागि सिन्को समेत भाचेको छैन ।

वरु,यस्तो जनकल्याणको माग लिएर जाने स्थानीयलाइ सवै काम गाउपालिका प्रमुखलाइ सोधेर गरेको भन्दै हाइड्रो पावर कम्पनीले आफना माग लिएर गाउपालिकामा नै जान चुनौती दिएको पिडितहरुले वताएका छन । तर,गाउपालिका प्रमुख र हाइड्रो पावर सञ्चालकको मिलेमतो वारे थाह पाएका स्थानीयले आफनै कार्यकर्तालाइ यो तहको ज्यादती हुदा समेत वेवास्ता गरि वस्ने प्रमुखलाई अब सवक सिकाउने भन्दै नुर्पु शेर्पाको विरुद्धमा एकत्रित हुन थालेका छन ।

धेरै टिप्पणी गरिएका