जोडिनुहोस
  • होमपेज
  • नेपालको समर्थनमा टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवनमा रास्वपाका सांसदहरु

नेपालको समर्थनमा टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवनमा रास्वपाका सांसदहरु

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले आईसीसी टी–२० विश्वकपको जर्सी लगाएर संसद् भवन पुगेका छन्।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा टी–२० विश्वकपमा नेपाली टोलीको समर्थन गर्दै जर्सी लगाएर संसद् भवन पुगेका हुन्।उनीहरुले संसद् भवन प्रवेश गर्नु अघि सामूहिक तस्बिर समेत खिचाएका छन्।

आज टी–२० विश्वकप अन्तर्गत नेपालले नेदरल्याण्डस्सँग पहिलो खेल खेल्दैछ। १० वर्षपछि पहिलोपटक विश्वकपमा सहभागी भएको नेपालको जितका लागि राष्ट्रपति, प्रधानमन्त्रीदेखि आम सर्वसाधारणले समेत कामना गरिरहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका