जोडिनुहोस
  • होमपेज
  • तेस्रो पटक प्रधानमन्त्री बन्लान् मोदी ?

अन्तर्राष्ट्रिय

तेस्रो पटक प्रधानमन्त्री बन्लान् मोदी ?

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ २२, २०८१
तेस्रो पटक प्रधानमन्त्री बन्लान् मोदी ?

नयाँ दिल्ली । लोकसभा चुनाव २०२४ को नतिजाको तस्वीर अब बिस्तारै स्पष्ट हुँदै आइरहेको छ । भारतीय जनता पार्टी (बीजेपी)ले ह्याट्रिक गर्ला ? कि एनडीएको विजयरथ रोक्न कंग्रेस नेतृत्वको इन्डिया गठबन्धन सफल होला ? भन्नेमा यतिबेला धेरैको चासो छ ।

केही घन्टामै यी प्रश्नहरूको जवाफ आउनेछ । हालसम्मको लोकसभा चुनावको प्रवृत्ति अनुसार बेजीपी नेतृत्वको एनडीएले ४०० भन्दा धेरै सिटमा जित्ने दाबी ‘हात्ती आयो हात्ती आयो फुस्सा’ बनेको छ ।

चुनाव आयोगको पछिल्लो डेटा अनुसार बीजेपी बहुमतभन्दा निकै पर छ । अहिलेसम्म बीजेपीले २३८ सिटमा मात्रै अग्रता लिइरहेको छ । कांग्रेस भने ९४ सिटमा अगाडि छ । अखिलेश यादवको समाजवादी पार्टी ३४ सिटमा अगाडि छ । ममता बनर्जीको टीएमसी बंगाल ३१ सिटमा अगाडि छ । डीएमेक २१ र टीडीपी १६ सिटमा अगाडि छन् । नीतिश कुमारको जदयू १५ सिटमा अगाडि बढिरहेको छ ।

अहिलेसम्मको रुझानअनुसार बीजेपी नेतृत्वको एनडीए गठबन्धन २९३ सिटमा अगाडि छ । कंग्रेसको नेतृत्वको इन्डिया गठबन्धन भने २२९ सिटमा अगाडि छ । यस्तोमा बीजेपी स्पष्ट बहुमतभन्दा निकै टाढा छ । सन् २०१९ मा भएको चुनावमा, बीजेपीले ३०३ सिट जितेको थियो । यस पटकको उसले ६५ सिट गुमाउने देखिएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक कांग्रेसले झण्डै दोब्बर सिट जित्ने देखिन्छ । २०१९ को चुनावमा कांग्रेसले ५२ सिटमा जित हात पारेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका