जोडिनुहोस
  • होमपेज
  • भरुवा बन्दुक, बारुद र छर्रासहित एक जना पक्राउ

भरुवा बन्दुक, बारुद र छर्रासहित एक जना पक्राउ

सुनसरी– भरुवा बन्दुक, बारुद र छर्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका-१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारुद र छर्रासहित सोही उपमहानगरपालिका-१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

धेरै टिप्पणी गरिएका