जोडिनुहोस

सेयर बजार ६.२२ अंकले बढ्यो

काठमाडौँ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.२२ अंकले बढेको छ । ०.२९ प्रतिशतले बढेसँगै परिसूचक २०८५ विन्दुमा पुगेर रोकिएको छ । सोमबार ३.९२ अंकले घटेको नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको हो ।

मंगलबार १२५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै ११४ वटा कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक बढेको दिन मंगलबार ४ अर्ब ८ करोड ७ लाख रुपैयाँभन्दा बढीको ८३ लाख ५ हजार कित्ताभन्दा बढी सेयर किनबेच भयो । यसक्रममा ग्लोबल आईएमई वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्यो । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ५.५१ प्रतिशतले घट्यो । मंगलबार तीन समूहको सूचक भने घटेको छ । कारोबार भएका १३ मध्ये जलविद्युत, म्यूचुल अफण्ड र अन्य समूहको सूचक घटेका हुन् ।

यसबाहेक बैंक, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा र व्यापार समूह भने बढेका छन् । यीमध्ये व्यापार समूह सबैभन्दा बढी ७९ अंक, लघुवित्त समूह ६६ अंक र उत्पादनमूलक समूह ५२ अंकले बढेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका