जोडिनुहोस
  • होमपेज
  • टुँडिखेलमा नेपाल–नेदरल्यान्ड्सबीचको खेलको प्रत्यक्ष प्रसारण र सांगीतिक कार्यक्रम

टुँडिखेलमा नेपाल–नेदरल्यान्ड्सबीचको खेलको प्रत्यक्ष प्रसारण र सांगीतिक कार्यक्रम

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल ओपन डोर इन्टरटेनमेन्ट र काठमाडौं महानगरपालिकाको सहकार्यमा टुँडिखेलमा प्रत्यक्ष प्रसारण गरिने भएको छ । प्रत्यक्ष प्रसारणमा युवा तथा खेलकुद मन्त्रालयले पनि समन्वय गर्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा टुँडिखेलमा भव्य सांगीतिक कार्यक्रम पनि गरिने जानकारी गराइएको छ । कार्यक्रममा इन्दिरा जोशी, प्रताप दास, रचना रिमाल, महेश काफ्ले र भियोमा अधिकारीले आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रममा खाजा र खानाका निम्ति विभिन्न स्टल पनि राखिने बताइएको छ ।

करिब पाँच हजार खेलकुदप्रेमी टुँडिखेलमा भेला भई नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गर्ने अपेक्षा गरिएको ओपन डोर इन्टरटेनमेन्टका अध्यक्ष एलिन श्रेष्ठले बताए । निःशुल्क प्रवेश रहेको यो कार्यक्रममा मंगलबार बेलुका ५ बजेदेखि स्थलमा प्रवेश गर्न सकिनेछ । प्रतियोगिताअन्तर्गत नेपालको पहिलो खेल आज राति सवा ९ बजे सुरु हुनेछ । नेपालले एक दशकपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।

धेरै टिप्पणी गरिएका