जोडिनुहोस

अन्तर्राष्ट्रिय

यूपीमा भाजपालाई झट्का

  • Sagarmatha TV
  • मङ्लबार, जेष्ठ २२, २०८१
यूपीमा भाजपालाई झट्का

नयाँ दिल्ली । भारतमा लोकसभा निर्वाचनको रुझान आउने क्रम जारी छ । रुझानमा एनडीए ३ सयको नजिक पुगेको छ ।

तर विपक्षी गठबन्धन पनि बहुमतबाट धेरै टाढा भने छैनन् । उत्तर प्रदेशमा राम मन्दिर र योगी फ्याक्टरले भारतीय जनता पार्टी (बीजेपी)को वचश्र्व जोगाउन सकेन । यूपीमा भाजपालाई ठुलो झट्का लागेको छ । यो समाचार तयार पार्दाखेरि यूपीका ८० सिटमध्ये ३६ सिटमा समाजवादी पार्टी अगाडि थियो । ३३ सिटमा बीजेपी अगाडि छ । कंग्रेसले ७ सिटमा अग्रता लिएको छ । राष्ट्रिय लोक दल २ सिटमा अगाडि छ ।

उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर निर्माणलाई मोदीले यस पटकको निर्वाचनमा कार्डको रूपमा चलाएका थिए । चुनाव नजिकिँदै गर्दा मोदीले हतारमा राम मन्दिरमा राम ललाको प्राण प्रतिष्ठान गराएका थिए । लोक सभाको निर्वाचनमा राम मन्दिरको कार्ड बीजेपीका लागि ठुलो दाउ हुने र यसले पार्टीलाई ठुलै लाभ हुने विश्लेषणहरू पनि आएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका