जोडिनुहोस
  • होमपेज
  • नेपाली क्रिकेट टिमलाई सभामुखले दिए शुभकामना

नेपाली क्रिकेट टिमलाई सभामुखले दिए शुभकामना

काठमाडौं । सभामुख देवराज घिमिरेले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा खेल्न लागेको नेपाली क्रिकेट टिमलाई शुभकामना दिएका छन् ।

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा उन्नति गर्नका लागि खेलाडीहरूले मेहनत गरिरहेको बताए । उनले तलब, भत्तालगायतका विषयमा प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण पनि गराए । “खेलमात्रै होइन, नेपालीहरूले हरेक ठाउँमा धेरै मेहनत गर्नुपर्छ भन्ने देखिएको छ । दुःखलाई पनि सहन सक्ने, अभावलाई पनि बेहोर्न सक्ने । त्यो ढंगबाट मेहनत गरेर राष्ट्रको उन्नति गर्नुपर्छ,” सभामुख घिमिरेले भने, “त्यो उन्नति गर्ने कुरामा खेलाडीले मेहनत गर्नुभएको छ । शुभकामना भन्न चाहन्छु । उहाँहरूलाई प्रबन्धका लागि संसद्, सरकारले काम गर्नुपर्छ भन्नेमा ध्यानकर्षण गर्न चाहन्छु ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका