जोडिनुहोस
  • होमपेज
  • आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दा अदालतले मेलमिलापमा पठायो

आरजुले अमरेशकुमार सिंहविरुद्ध दायर गरेको मुद्दा अदालतले मेलमिलापमा पठायो

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दालाई काठमाडौँ जिल्ला अदालतले मेलमिलापमा पठाउने आदेश गरेको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मंगलबार मेलमिलापमा पठाउने आदेश गरेको हो । राणाले सिंहविरुद्ध जेठ २४ गते जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेकी थिइन् । नेपाली कांग्रेसका पूर्व नेता समेत रहेका सिंह अहिले स्वतन्त्र निर्वाचन लडेर प्रतिनिधि सभाको सांसद रहेका छन् ।

सिंहले २०८० जेठमाराणालाई नक्कली शरणार्थी प्रकरणमा मुछिएको आरोप लगाएका थिए । सिंहले राणा भ्रष्ट महिला भएको टिप्पणी समेत गरेका थिए । त्यसपछि जिल्ला अदालतमा उनले आफूमाथि गाली बेइज्जती गरिएको भन्दै मुद्दा दायर गरेकी थिइन् । जिल्लाले मेलमिलापलागि पठाउने आदेश गरेपछि दुवै पक्षले आपसमा छलफल गरी मिल्नुपर्ने भएको छ। मिलेमा मुद्दा तामेलीमा जान्छ भने मेलमिलाप हुन नसकेमा पुनः सुनुवाइका लागि अदालत नै फर्कने छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका