
काठमाडौं- काठमाडौंको तीनकुनेस्थित एक घरमा आगलागी भएको छ।
तीनकुनेबाट सुविधानगरतर्फ जाने सडकसँगैको एक घरमा आगलागी भएपछि अहिले नियन्त्रणका लागि दमकल पुगेको छ । आगलागीपछि स्थानीयले नियन्त्रणप्रयास गरिरहेका छन् । अहिले काठमाडौं महानगरपालिकाको दमकल पनि पुगेर आगो नियन्त्रण लिँदैछ ।