जोडिनुहोस
  • होमपेज
  • पोखरामा सहकारीपीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

पोखरामा सहकारीपीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा

कास्की । पोखरा आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारीपीडितले कालो झण्डा देखाएका छन् । माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई जना प्रहरीको कुटाइबाट घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका