जोडिनुहोस
  • होमपेज
  • नेपालस्थित भारतीय दूतावासले मनायो विश्व वातावरण दिवस

नेपालस्थित भारतीय दूतावासले मनायो विश्व वातावरण दिवस

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विक्षरोपण कार्यक्रम आयोजना गरि विश्व वातावरण दिवस मनाएको छ ।

ललितपुरको–१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा कैयौं राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमीको सहभागीता रहेको थियो । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएको थियो ।

नेपालका लागि भारतीय राजदूतले आफ्नो सम्बोधनमा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विश्व वातावरण दिवसको अवसरमा यो विशेष कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल सरकारका वन तथा वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । कार्यक्रममा सहभागीहरुले १५० वटा वृक्षहरु रोपेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका