जोडिनुहोस
  • होमपेज
  • चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, परिवारका ५ जना घाइते

चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, परिवारका ५ जना घाइते

काठमाडौं । चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् ।

प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले कसैको पनि परिचय खुलाएको छैन ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका