जोडिनुहोस
  • होमपेज
  • ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण

ललितपुर महानगर र भारतीय दूतावासको सहकार्यमा वृक्षारोपण

काठमाडौं- भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा बुधबार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।

ललितपुर महानगर-१ स्थित सङ्कटा पुल, चारधाम मन्दिर परिसरनजिकै विशेष वृक्षारोपण कार्यक्रममा गरिएको हो।उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र वातावरणप्रेमी सहभागी थिए । कार्यक्रममा वातावरणको संरक्षण र जर्गेनाका लागि साझा प्रतिबद्धतामा जोड दिइएको थियो । भारतीय राजदूत श्रीवास्तवले सम्बोधनका क्रममा वातावरण संरक्षणको महत्वबारे जनचेतना फैल्याउन र आउँदो पुस्ताका लागि वातावरणको रक्षा गर्नेबारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्नु आवश्यक रहेको बताए।

वातावरण मन्त्री र ललितपुर महानगरपालिकाका मेयरले कार्यक्रममा बोल्दै भावी पुस्ताका लागि पृथ्वीको संरक्षणमा सहकार्य र साझेदारीको महत्वमाथि जोड दिए । त्यसक्रममा १५० वटा वृक्षहरू रोपिएको थियो ।

धेरै टिप्पणी गरिएका