जोडिनुहोस
  • होमपेज
  • विपद् क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

विपद् क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने

काठमाडौं। सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयमसेवामा खटिने मानिसहरूलाई तालिम प्रदान गर्ने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बर्खा सुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरिरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकारहरू र स्वयमसेवामा खटिने मानिसहरूको जोखिमलाई कम गर्न तालिमको व्यवस्था गरेको जनकारी दिए ।

उनले भने, ‘विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकारहरू स्वमसेवामा खटिने मानिसहरूको जोखिलाई पनि ध्यानमा राखेर उहाँहरूलाई तालिमको व्यवस्था गर्न यसै साता सम्बन्धित निकायले जोड लगाउनुभएको छ । तालिम प्राप्त गरेर रिपोटिङमा र स्वयंमसेवकमा खटिएकालाई कम जोखिन हुने भएकाले यस्तो व्यवस्था मिलाएका छौँ ।’

उनले सूचना तथा सञ्चारको विषयलाई पनि गम्भीर ताकासाथ लिएर जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था गरेको जानकारी दिए । गृहमन्त्रीका अनुसार कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने छ भने ११४९ नम्बरमा फोन गरेर बाढी र विपद् सम्बन्धी सूचना पाउन सकिने छ ।

उनले भने,‘हामीले खास गरी खाद्य सामग्री एवम् राहत सामग्रीको ढुवानी लगायतका विषयमा सहयोगको अपेक्षा गरेका छौँ । सूचना तथा सञ्चारको विषयलाई पनि हामीले गम्भीर ताकासाथ लिएका छौँ । जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्नका लागि कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने कुराको पनि जानकारी गराउँछु । आजैबाट मनसुनबारे पैसा नलाग्ने ११४९ नं.मा फोन गरेर बाढी सम्बन्धी सूचना पाउन सकिने छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका