जोडिनुहोस
  • होमपेज
  • वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण

वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण

भक्तपुर।  विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले वृक्षारोपण गरेका छन् ।

वातावरण दिवसको अवसरमा राष्ट्रको लागि दुई घण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक र्‍याली निकालेको छ ।अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो ।

साथै दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले एक दिने हरित प्रदर्शनी गरेको छ । नगरपालिका भवन खरिपाटीमा बिहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँझ चार बजेसम्म हुने जनाइएको छ । साथै नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पाेरेट कार्यालय वृक्षारोपण गरेको छ ।

उता ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरेको छ ।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?