जोडिनुहोस
  • होमपेज
  • एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु

बुटवल । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका हुन् ।

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएपनि कार्य व्यस्तताका कारण आउन नसकिएको एमालेले जनाएको छ । बिहीबारसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अध्यक्षमा वर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ पोखरले र सैनामैना नगरपालिका पूर्वमेयर चित्र बहादुर केसीले आकांक्षा राखेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा उपाध्यक्ष पौडेलसहित सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्युरो सदस्य लीला गिरीलगायत विभिन्न तहका नेताको उपस्थिति रहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका