जोडिनुहोस
  • होमपेज
  • गेडागुडी र धान आयातमा कर हटाउन माग

गेडागुडी र धान आयातमा कर हटाउन माग

काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघले गेडागुडी र धानको आयातमा लगाइएको अग्रिम कर हटाउन माग गरेको छ।

संघले बुधबार पत्रकार सम्मेलन गर्दै दाल र चामल उद्योगको लागि कच्चा दाल गेडागुडी र धान आयातमा लगाउने भनिएको अग्रिम आयकर हटाउन माग गरेको हो । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत धान र दाल गेडागुडी आयातमा क्रमशः २.५ % र १० % अग्रिम आयकर लगाउने भनेको छ।

सरकारको बजेट समग्रमा राम्रो भए पनि नेपालीको भान्छामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको प्रशोधन गरी बिक्रीवितरण गर्ने चामल दाल उद्योगलगायत अन्य यस्ता उद्योगको कच्चा पदार्थ (धान र दाल गेडागुडी) आयातमा अग्रिम आयकर लगाउन नहुने संघको माग छ । अतिरिक्त महसुलले चामल र दालको मूल्य बढ्ने र यसले मुद्रा स्फितिमा प्रत्यक्ष असर पर्न जाने उद्योगीको भनाइ छ। साथै अवैध आयातलाई प्रोत्साहन मिल्ने र राज्यको राजश्वमा नकारात्मक असर पर्न जाने उनीहरूको दाबी छ।

अर्बौंको स्वदेशी उद्योग बन्द हुने र रोजगारीमा प्रत्यक्ष असर पर्ने भएकाले यो खारेज गर्न संघले माग गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका