जोडिनुहोस
  • होमपेज
  • मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने मिति सर्‍यो

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने मिति सर्‍यो

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आउँदो जेठ २८ गते मात्रै विश्वासको मत लिनुहुने भएको छ । आज विश्वासको मत लिने तयारी रहेकोमा मुख्यमन्त्री यादवले स्वास्थ्य अवस्था ठीक नभएको भन्दै जेठ २८ गते विश्वासको मत लिने जानकारी प्रदेश सभामा गराउनुभएको हो । वैशाख ३० गते एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उहाँले जेठ ३० गतेसम्म विश्वासको मत लिनुपर्नेछ । मुख्यमन्त्री यादवले १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँ २०७९ साल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका