जोडिनुहोस
  • होमपेज
  • बाइडेनद्वारा अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बाइडेनद्वारा अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा जनयुद्धको योगदान भएकाले नै बजेटमा समेटिएको बताएका छन् । बुधबार आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद रामहरि खतिवडाले जनयुद्ध शब्द किन राखियो भन्दै प्रश्न गरेका थिए । जवाफमा अर्थमन्त्री पुनले विगतका वर्षहरूमा पनि राखिएको बताए ।

“विगतका बजेट वक्तव्यमा पनि छ । ४/५ वटा वक्तव्यमा परेको छ भन्ने लाग्छ । विभिन्न सरकारी डकुमेन्टमा परेको छ,” पुनले भने, “त्यसलाई राख्नै नहुने, यो नेपालमा हुँदै नभएको चिज या सरकारी डकुमेन्टले नचिनेको चर्चा नगरिएको कुरा जसरी प्रस्तुत गर्नुभयो, त्यति सान्दर्भिक छ जस्तो लाग्दैन । जनयुद्धको योगदान छ । जनआन्दोलनको योगादन छ ।”

उनले बजेटमा सबै आन्दोलन समेटियोस् भनेर १९९८ साल वरिपरिका सहिदहरूदेखि सबै आन्दोलनका सहिदको कुरा समेटिएको बताए । जनयुद्ध शब्द एमालेलाई पनि चित्त बुझेको देखिँदैन । बजेटको छलफलका क्रममा एमाले सांसद गोकुल बास्कोटाले जनयुद्ध शब्द राखेकोमा खुलेरै आपत्ति जनाएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका