जोडिनुहोस
  • होमपेज
  • कर्णाली सरकारले ल्यायो सुर्खेत विमानस्थल विस्तारको योजना

कर्णाली सरकारले ल्यायो सुर्खेत विमानस्थल विस्तारको योजना

कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थल विस्तारको योजना पुन ल्याएको छ । आगामी आर्थिक वर्ष २०८१ र ८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले विमानस्थल विस्तारको योजना सुनाएका हुन् । प्रदेश सरकारले विमानस्थल विस्तारका लागि संघीय सरकारसँग सहकार्य गरिने बताएको छ । यसअघि पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो पालामा सुर्खेत विमानस्थल विस्तारको सट्टा भेरीगंगामा नयाँ विमानस्थल निर्माण गर्ने योजना ल्याएका थिए ।

निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माले चालु आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तार गर्ने योजना अघि सारेका थिए । मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारले पनि उक्त योजनालाई पुनः नीति तथा कार्यक्रममा ल्याएको छ । केन्द्र सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सुर्खेत विमानस्थल विस्तारलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सुर्खेत विमानस्थललाई केन्द्रबिन्दु बनाएर प्रदेशका अन्य जिल्लामा नियमित उडान सञ्चालन गर्नेसमेत घोषणा गरेको छ ।

धेरै टिप्पणी गरिएका